दफा ४५
अभिलेख र प्रतिवेदन सम्बन्धी व्यवस्था
: (१) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबार तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक लगायतको विवरणको अभिलेख तोकिए बमोजिमको ढाँचामा राख्नु पर्नेछ । त्यस्तो अभिलेख निरीक्षण अधिकृत वा विभागले जुनसुकै बखत निरीक्षण गर्न, झिकाउन वा जा“च्न सक्नेछ ।
(२) इजाजतपत्रवालाले प्रत्येक तीन महिनामा आफ्नो कारोबारको विवरण सहितको प्रतिवेदन तोकिएको ढाँचामा विभागमा पेश गर्नु पर्नेछ।
(३) इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन तयार गरी विभागमा पेश गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम अभिलेख राख्ने र प्रतिवेदन सम्बन्धी गर्ने अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।